Monday, January 20, 2025
Homeसामाचारट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित सडकखण्डमा आज ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्ला दक्षिण झिटकैया–८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो । घाइतेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पूर्वबाट पश्चिततर्फ जाँदै गरेको ना६ख ३४२५ नंको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना६त ६१९९ नंको ट्र्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो । यता ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
–––

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका