काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनको सामना गर्दैछ। टोलीका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेसीलाई सुरुआती रोजाइमा नराख्ने, तर खेलका क्रममा मैदानमा उतारिने बताएका छन्।
अर्जेन्टिना यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेकाले स्कालोनीले अन्तिम समूह खेलमा केही नयाँ खेलाडीलाई अवसर दिने योजना बनाएका छन्।
प्रशिक्षक स्कालोनीका अनुसार टोलीको गहिराइ परीक्षण गर्ने र प्रमुख खेलाडीलाई विश्राम दिने रणनीतिअनुसार मेसीलाई सुरुआती ११ मा नराखिएको हो। यद्यपि, खेलको अवस्थाअनुसार मेसीलाई प्रतिस्थापन खेलाडीका रूपमा मैदानमा उतारिने उनले स्पष्ट पारेका छन्।


