Sunday, April 12, 2026
Homeमनोरन्जनघरेलु बक्स अफिसमा १४ करोड कमाइ गरेको फिल्म परान अब मलेसियामा प्रदर्शन...

घरेलु बक्स अफिसमा १४ करोड कमाइ गरेको फिल्म परान अब मलेसियामा प्रदर्शन हुने

काठमाडौँ । नेपाली फिल्म उद्योगमा कमाइ र चर्चाको नयाँ कीर्तिमान कायम गरेको नीर शाह अभिनीत फिल्म ‘परान’ अब मलेसियामा प्रदर्शन हुने भएको छ। निर्माण पक्षका अनुसार चलचित्र फेब्रुअरी १४, २०२६ (शनिबार) देखि मलेसियाका प्रमुख शहरका सिनेमा हलहरूमा प्रदर्शन गरिनेछ।

मलेसियामा फिल्म प्रदर्शनको अधिकार गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक हरि भट्टराईले खरिद गरेका छन्। उनका अनुसार मलेसियामा करिब पाँच लाख नेपाली कार्यरत रहेकाले उनीहरूको समय र सुविधालाई ध्यानमा राख्दै शोहरूको समयतालिका तय गरिएको हो।

दीपक आचार्य (काकु) निर्देशित ‘परान’ नेपालमा बलियो दर्शक प्रतिक्रियाका कारण निकै चर्चामा आएको चलचित्र हो। यसले वर्ष २०८२ मा हालसम्मकै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान पनि कायम गरेको छ।

फिल्मका निर्माता शेखर गोल्छा र रञ्जित आचार्य हुन्। चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली र प्रवीण खतिवडा लगायत कलाकारको अभिनय रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका