Friday, February 7, 2025
Homeअर्थ र ब्यापारघरजग्गा कारोबारः गत पुसमा चार अर्ब २५ करोड राजश्व सङ्कलन

घरजग्गा कारोबारः गत पुसमा चार अर्ब २५ करोड राजश्व सङ्कलन

काठमाडौँ: देशभर घरजग्गा कारोबारमा क्रमिक सुधार देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत मङ्सिरको तुलनामा पुस महिनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ।

विभागका तथ्याङ्कअनुसार मङ्सिर महिनामा रु ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ राजस्व सङ्कलन भएकोमा पुस महिनामा यो बढेर रु ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ पुगेको छ।

राजस्व सङ्कलनका स्रोतहरू

सेवा कर: रु ३० करोड ४३ लाख ४४ हजार ६६५
रजिस्टे«शन दस्तुर: रु २ अर्ब ६८ करोड ७८ लाख २६ हजार १४५
पूँजीगत लाभकर: रु १ अर्ब ६० करोड ८३ लाख २८ हजार १७२
काठमाडौँ उपत्यकामा मालपोत कार्यालयको योगदान
उपत्यकाका नौ मालपोत कार्यालयमध्ये भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले सबैभन्दा धेरै रु ४० करोड ९४ लाख ४२ हजार ७३२ राजस्व सङ्कलन गरेको छ। यसबाट ललितपुर क्षेत्रमा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ।

अन्य मालपोत कार्यालयका सङ्कलन विवरणः

गोटीखेल, ललितपुर: रु २ लाख ८९ हजार ८४
भक्तपुर: रु २९ करोड ७६ लाख १३ हजार २७१
डिल्लीबजार: रु २१ करोड ९० लाख ९९ हजार ६८५
चाबहिल: रु २२ करोड ९३ लाख ८० हजार ३६७
कलङ्की: रु २१ करोड ९३ लाख ७१ हजार ७९२
साङ्खु: रु १० करोड ३२ लाख ५९ हजार ६२२
मनमैजु: रु ६ करोड ६८ लाख २९ हजार ५६१
टोखा: रु ६ करोड ७७ लाख ३४ हजार ६९७
उपत्यका बाहिरको योगदान

विराटनगर मालपोत कार्यालय: रु १६ करोड ११ लाख ३४ हजार ४८१
इनरुवा, सुनसरी: रु १० करोड ९३ लाख ७४ हजार २५७
पछिल्लो तथ्याङ्क र तुलना
गत कात्तिकमा देशभर घरजग्गा कारोबारबाट रु २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ राजस्व सङ्कलन भएको थियो। यसरी पछिल्ला महिनाहरूमा घरजग्गा कारोबार क्रमशः लयमा फर्कँदै गएको देखिन्छ।

सरकारले राजस्व सङ्कलनमा देखिएको यो सुधारलाई अर्थतन्त्रको पुनरुत्थानको सङ्केतका रूपमा लिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका