Friday, May 15, 2026
Homeअन्तराष्ट्रियगाजामा मृतकको संख्या ५७ हजार नाघ्यो, इजरायली आक्रमण जारी

गाजामा मृतकको संख्या ५७ हजार नाघ्यो, इजरायली आक्रमण जारी

एजेन्सी: हमास र इजरायलबीच जारी द्वन्द्वका कारण गाजा पट्टीमा मृतकको संख्या ५७,२६८ पुगेको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। यस्तै, घाइते हुनेको संख्या १,३५,६२५ पुगेको छ।

चालू वर्षको मार्च १८ पछि मात्रै ६,७१० जनाको ज्यान गएको छ भने २३,५८४ जना घाइते भएका छन्।

पछिल्ला २४ घण्टामा मात्रै १३८ जना प्यालेस्टिनीले ज्यान गुमाएका छन्। तीमध्ये ६२ जना मानवीय सहायता लिन खोज्दा मारिएको अधिकारीहरूको भनाइ छ।

शुक्रबार बिहानदेखि इजरायली आक्रमणका कारण कम्तीमा ४१ प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ। गाजामा हिंसात्मक द्वन्द्व रोकिएन, मानवीय संकट झनै भयावह बन्दै गएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका