Friday, April 24, 2026
Homeअन्तराष्ट्रियक्यालिफोर्नियाको अलमेडा काउन्टीमा प्रितेश कार्की आवास विकास सल्लाहकार बोर्डमा नियुक्त

क्यालिफोर्नियाको अलमेडा काउन्टीमा प्रितेश कार्की आवास विकास सल्लाहकार बोर्डमा नियुक्त

क्यालिफोर्निया (अमेरिका) : अमेरिकाको क्यालिफोर्निया राज्यको अलमेडा काउन्टीमा नेपाली मूलका युवा समाजसेवी तथा सफल व्यवसायी प्रितेश कार्की आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त भएका छन् ।

उनलाई अलमेडा काउन्टी पर्यवेक्षकहरूको बोर्डले जुलाई २३ ,२०२४ देखि जुलाई २३ ,२०२८ सम्मको लागि नियुक्त गरेको हो । उनलाई ४ वर्षको अवधिको लागि आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त गरिएको छ ।

विभिन्न सङ्घ, संस्थामा संलग्न कार्की अमेरिकाको पश्चिमी क्षेत्रका युवा समाज सेवी तथा सफल व्यवसायी हुन् । उच्च शिक्षाको लागि सन् २०११ मा अमेरिका आएका कार्कीको मूल घर विराटनगर हो । उनी पेसाले आर्किटेक्ट अर्थात् अभियन्ता (इन्जिनियर) हुन् । उनको पृष्ठभूमि नै इन्जिनियर भएको र नेपालमा आवास तथा सामुदायिक विकासमा समेत योगदान गरेको अनुभवलाई मध्यनजर गर्दै अलमेडा काउन्टी पर्यवेक्षकहरूको बोर्डले उनलाई मनोनयन गरेको हो ।

यस नियुक्तिले नेपालीहरूले अन्तर्राष्ट्रिय जगतमा पनि नेतृत्व गर्न सक्षम हुन्छन् भन्ने कुरालाई थप पुष्टि गरेको छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका