Friday, February 7, 2025
Homeस्वास्थ्य र जीवनशैलीक्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो,माघ २२ बाट देशभरि सञ्चालन गरिने

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो,माघ २२ बाट देशभरि सञ्चालन गरिने

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप सातै प्रदेशमा वितरण गरेको छ।

‘गाभी’ (भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स)को सहयोगमा १७ लाख ७० हजार २० मात्रा खोप नेपाल ल्याएर वितरण गरिएको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन महाशाखा निर्देशक डा. पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो। गाभीले उक्त खोप नेपाललाई निःशुल्क उपलब्ध गराएको हो।

सरकारले माघ २२ देखि फागुन ६ सम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० बालिका तथा किशोरीलाई खोप लगाउने तयारी गरेको छ।

प्रदेशगत खोप वितरण विवरण:

कोशी: २,७५,१८० मात्रा
मधेश: ३,८०,४६० मात्रा
बागमती (हेटौँडा): १,२५,८०० मात्रा
बागमती (भक्तपुर): २,१८,२८० मात्रा
गण्डकी: १,३०,८७० मात्रा
लुम्बिनी: २,९८,९१० मात्रा
कर्णाली: १,२४,४०० मात्रा
सुदूरपश्चिम: १,८७,१२० मात्रा
प्रदेशले खोपलाई सुरक्षित भण्डारण गरी जिल्ला तहमा पठाउने व्यवस्था मिलाइसकेको छ।

डा.रायमाझीका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम मुख्यतः ह्युमन पापिलोमा भाइरस सङ्क्रमणले बढ्ने भएकाले खोप अत्यन्त प्रभावकारी उपाय हो। यो खोप एक मात्रा लगाएपछि पुग्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका