काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ७८७ जना सवारी चालकलाई कारबाही गरेको छ।
मंगलबार बिहानसम्म ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७५ जना र सिसिटिभीमार्फत ६५ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, रातोबत्ती उल्लङ्घन गर्ने ८७ जना चालकलाई पनि कारबाही गरिएको छ।
यसैगरी, तीव्र गतिमा सवारी चलाउने ११७ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १९ जना, लेन क्रस गर्ने १२ जना, सवारीको अवस्था ठीक नभएका २४ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३८८ जना चालक समेत कारबाहीमा परेका छन्।


