Thursday, December 11, 2025
Homeखेलकुदकाठमाडौँ गोर्खाजको चौथो जित, कर्णाली याक्स ५ विकेटले पराजित

काठमाडौँ गोर्खाजको चौथो जित, कर्णाली याक्स ५ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाडौँ गोर्खाजले लगातार राम्रो प्रदर्शन जारी राख्दै चौथो जित हात पारेको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ५ विकेटले पछि पार्दै काठमाडौँले छ खेलमा आफ्नो चौथो जित दर्ता गर्‍यो। कर्णालीले भने पाँच खेलमा एकमात्र जितसहित चौथो हार बेहोरेको छ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्‍यो।
काठमाडौँको जितमा जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको महत्वपूर्ण साझेदारी गर्दै आधार मजबुत बनाए।
जोन ४१ रनमा आउट भए भने जेरार्ड ४३ रनमा अविजित रहे। वेन चाल्र्सवर्थले ३४ रन जोडे।
कर्णालीका नन्दन यादवले ३ विकेट र पवन सर्राफले १ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो।
कर्णालीका लागि गुल्सन झाले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै २२ बलमा अविजित ४९ रन बनाए।
पवन सर्राफ ३५, मार्क वाट ३० र दीपक डुम्रे १० रनमा आउट भए।
काठमाडौँका बलरमध्ये रशिद खानले २ विकेट लिए भने कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक–एक विकेट हात पारे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका