काठमाडौँ । नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएका निर्णयप्रति विरोध जनाएको छ।
कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दण्डहीनतालाई प्रोत्साहन गर्ने र राजनीतिक दलहरूप्रति प्रतिशोधपूर्ण व्यवहार नगर्न अन्तरिम सरकारलाई ध्यानाकर्षण गराएका छन्।
गत भदौ २३ र २४ गतेका घटनाको सम्बन्धमा सरकारले गठन गरेको जाँचबुझ आयोगले राहदानी रोक्का गर्ने र अनुमति बिना काठमाडौँ उपत्यकाबाहिर जान नपाउने गरी सिफारिस गरेको थियो।


