Monday, November 4, 2024
Homeदेश र प्रदेशकर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा, नयाँ नियुक्तिको तयारी

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा, नयाँ नियुक्तिको तयारी

कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले रातोपाटीलाई जानकारी दिइन् ।
राजीनामा दिनेहरु माओवादी केन्द्रका मन्त्रीहरु हुन् । उनीहरुले राजीनामा दिनुको कारण खुल्न सकेको छैन ।

रिक्त स्थानमा आजै नयाँ मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

गत वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका थिए ।  विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको थियो ।

शाहीले ह्वीप उलंघन गरेपछि एमालेको कारबाहीमा परेकामध्ये ३ जनालाई मन्त्री समेत बनाएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका