Sunday, June 7, 2026
Homeअपराध र घटनाकञ्चनपुरमा लागू औषधसहित २ जना भारतीय नागरिक पक्राउ

कञ्चनपुरमा लागू औषधसहित २ जना भारतीय नागरिक पक्राउ

२७ मंसिर, धनगढी । कञ्चनपुरमा लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले लागू औषध खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनुपरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले भारतको पिलिभितका १९ वर्षीय राम सिंह र २३ वर्षीय धरमवीर सिंहलाई पक्राउ गरिएको जानकारी दिए ।

बेलौरी नगरपालिका-६ को नकैयास्थित नेपाल-भारत सीमा क्षेत्रमा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको शाहले बताए ।

उनका अनुसार उनीहरूको साथबाट १०.४२ ग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका