Thursday, July 30, 2026
Homeखेलकुदएसेज शृंखला डिसेम्बरमा

एसेज शृंखला डिसेम्बरमा

लन्डन : इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको बहुप्रतीक्षित एसेज टेस्ट शृंखलाको मिति तय भएको छ। अस्ट्रेलिया क्रिकेट बोर्डले बुधबार सन् २०२१÷२२ को एसेज शृंखला अस्ट्रेलियामा हुने र त्यो पाँच खेलको हुने जनाएको छ।

एसेज टेस्ट शृंखला डिसेम्बर र जनवरीमा हुनेछ। बुधबार सार्वजनिक गरिएको तालिकाअनुसार पहिलो टेस्ट डिसेम्बर ८ देखि १२ सम्म ब्रेसबेनमा हुनेछ। यस्तै दोस्रो टेस्ट डिसेम्बर १६ देखि २० सम्म एडिलेट, तेस्रो टेस्ट २६ डिसेम्बरदेखि ३० डिसेम्बरसम्म मेलबर्नमा सञ्चालन हुनेछ।

यसैगरी सिड्नीमा हुने चौथो टेस्ट सन् २०२२ को जनवरी ५ देखि ९ र अन्तिम तथा पाँचौ टेस्ट पर्थमा जनवरी १४ देखि १८ तारिखसम्म हुनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका