काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सोमबारबाट सुरु भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्था गरिएको छ।
यसपटक अक्सनका लागि अन्तिम सूचीमा १५५ नेपाली खेलाडी समावेश छन्। तीमध्ये विभिन्न फ्रेन्चाइज टोलीले कुल ५२ खेलाडीलाई अनुबन्ध गर्नेछन्।
एनपीएलको तेस्रो संस्करणलाई लक्षित गर्दै सुरु भएको अक्सनबाट टोलीहरूले आफ्नो आवश्यकता र रणनीतिअनुसार खेलाडी छनोट गर्नेछन्।



