Saturday, June 6, 2026
Homeखेलकुदएनपीएलमा विराटनगर किङ्सको लगातार दोस्रो जित, काठमान्डु गोर्खाज ५ विकेटले पराजित

एनपीएलमा विराटनगर किङ्सको लगातार दोस्रो जित, काठमान्डु गोर्खाज ५ विकेटले पराजित

काठमाडौं। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्‍यो। विराटनगरका जर्ज मुन्सेले ३६ रन बनाए भने मार्टिन गुप्टिलले २५ रन र नरेन भट्टले २४ रन जोडे। काठमान्डुका शाहब आलमले २ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा ६ विकेटका सजायमा १३४ रन बनाएको थियो। टोलीका आदिल आलमले उत्कृष्ट ४८ रन जुटाए। बेन चाल्र्सवर्थले ३२ तथा सन्तोष यादवले २६ रन जोडे। अन्य खेलाडीले उल्लेखनीय योगदान दिन सकेनन्।

विराटनगरका लागि मर्चेन्ट डे लाङले २ विकेट लिए भने शुभम रन्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।

आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका