Tuesday, May 20, 2025
Homeअन्तराष्ट्रियइरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

जेरुसेलम: इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा आक्रमण गरेको केही दिनपछि इजरायली रक्षामन्त्री योआव काट्जले इरानलाई हमासको अवस्थामा पुर्‍याउने चेतावनी दिएका छन्।

काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु—इजरायलले हतियार उपलब्ध गराउने, उक्साउने र हुथी आतङ्ककारी संगठनलाई आर्थिक सहयोग गर्ने जो–कोहीविरुद्ध कडा कारबाही गर्नेछ।”

उनले थपे, “तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ। हामीले बेरुतको हिजबुल्लाह, गाजाको हमास, र दमास्कसमा बशर अल असदसँग जे गरेका छौँ, त्यसैअनुसार तेहरानमा पनि हुनेछ।”

हिजबुल्लाहले २०२३ को अक्टोबरमा हमासको समर्थनमा आक्रमण सुरु गरेको थियो। गाजाका प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै हुथी विद्रोहीहरूले आइतबार इजरायलको मुख्य विमानस्थल, तेल अभिभनजिकैको बेन गुरियन विमानस्थलमा आक्रमण गरेका थिए।

इरानले उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। इजरायलले भने प्रतिक्रियास्वरूप विद्रोहीको नियन्त्रणमा रहेको राजधानी साना आसपासको विमानस्थल र विद्युत गृहहरूमा आक्रमण गरेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका