Tuesday, May 20, 2025
Homeस्वास्थ्य र जीवनशैलीआज विश्व औलो दिवस, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

आज विश्व औलो दिवस, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

काठमाडौँ: आज विश्व औलो दिवस मनाइँदैछ। यस अवसरमा विश्व स्वास्थ्य संगठन (WHO) ले औलो उन्मूलनका लागि नीतिगत व्यवस्थासहित थप सशक्त र समन्वित ढङ्गमा अगाडि बढ्न सबै देशका सरकार तथा सरोकारवाला निकायहरूलाई आह्वान गरेको छ।

सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस ले औलो उन्मूलन सम्भव रहेको उल्लेख गर्दै त्यसका लागि दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय समन्वय र समुदायको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभएको छ।

आजकै दिन अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि मनाइन्छ। दोस्रो विश्वयुद्धपश्चात् १९४५ अप्रिल २५ मा सान फ्रान्सिस्को सम्मेलन प्रारम्भ भएको थियो, जसको उद्देश्य युद्धपछिको विश्वलाई शान्ति र विधिको शासनमा आधारित नयाँ विश्व व्यवस्था तर्फ लैजानु थियो। सोही सम्झनामा यो दिवस मनाइन्छ। यस सम्मेलनलाई “अन्तरराष्ट्रिय संगठनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन” पनि भनिन्छ।

उक्त सम्मेलनले नै संयुक्त राष्ट्रसङ्घ स्थापनाको आधार तयार पारेको थियो। दुई महिनासम्म चलेको सम्मेलनमा ५० देशका ८५० प्रतिनिधिहरू सहभागी भएका थिए।

सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घीय महासभा ले अप्रिल २५ लाई अन्तरराष्ट्रिय प्रतिनिधि दिवस को रूपमा औपचारिक मान्यता दिएको हो। यस दिवसको उद्देश्य राष्ट्रसंघमा सदस्य राष्ट्रका प्रतिनिधिहरूको भूमिका र योगदानप्रति विश्व समुदायमा जागरूकता अभिवृद्धि गर्नु हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका