Monday, January 13, 2025
Homeसामाचारआगलागी हुँदा एक घर जलेर नष्ट, १२ लाख बराबरको क्षति

आगलागी हुँदा एक घर जलेर नष्ट, १२ लाख बराबरको क्षति

खोटाङमा आगलागि हुदा एक घर जलेर नष्ट भएको छ ।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ स्थित डाँडाखर्क निवासी रामबहादुर राईको शनिबार बिहान १० आगलागि भएको हो ।

ढुङ्गा माटोले बनेको तिन तले घर शनिबार बिहान १० बजेको समयमा आगोलागी भएको स्थानीयबासिन्दाले बताएका छन् ।

आगलागी भएको खबर स्थानीयले अस्थाई प्रहरी चौकी खानिडाँडामा गरेपछी प्रहरी निरीक्षक खेमबहादुर भुजेलको टोलि घटनास्थल पुगेको थियो ।

स्थानीयका अनुसार गाई वस्तुका लागि खोले पकाएर खेतबारीमा काम गर्न जाने क्रममा तिब्र गतिमा चलेको हावाका कारण चित्राबाट लागेको आगोले घर आग लागि भएको बताएका छन् ।

यता, प्रहरी टोलि घटना स्थलमा पुग्दा स्थानीयलाई आगो नियन्त्रण लिन भने सकस भइ रहेको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगलागी १ बजे नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागी हुँदा घरमा भएको अन्नपात, धनमाल, लत्ताकपडा र भाडावर्तन पूणरुपमा जल्दा करिब १२ लाख बराबरको क्षति हुनुका साथै मानवीय पशुचौपायको क्षति भने नभएको प्रहरी निरीक्षक भुजेलले बताउनुभयो ।

हाल राईको घरमा खानको लागि खाद्यान्न सामग्री केही नभएको जनाइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका