Thursday, December 11, 2025
Homeप्रवासअमेरिकाअमेरिकी विधायकका लागि नेपाली मुलका ह्यारी भण्डारीले गराए उम्मेदवारी दर्ता

अमेरिकी विधायकका लागि नेपाली मुलका ह्यारी भण्डारीले गराए उम्मेदवारी दर्ता

अमेरिकी विधायकका लागि नेपाली मुलका ह्यारी भण्डारीले गराए उम्मेदवारी दर्ता गराएका छन् । एक विज्ञप्तिमार्फत उनले  मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को डेलिगेट पदमा दोस्रो कार्यकालका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन् ।

पश्चिम नेपालको पर्वत थापा थानामा जन्मेर अमेरिकी राजनीतिमा संघर्षरत उनले नेपाली समुदायलाई अमेरिकाको मूलधारसँग जोड्न आफूले पहल गर्ने बताएका छन् । ‘हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ। त्यसो गर्न सकियो भने मात्र हामी भिजिबल हुन्छौ र हाम्रा समस्याहरू समाधानको दिशामा अगाडि बढ्छन्। अमेरिका हामी र हाम्रा सन्ततिका लागि प्रचुर अवसर रहेको देशका रूपमा उपस्थित हुन्छ’, उनले उम्मेदवारी दर्ता गराएपछि भनेका छन् ।

आज फर्केर हेर्दा अमेरिकामा रहेका नेपाली समूदायको साझा सपना केही मात्रामा भए पनि साकार हुने दिशामा अगाडि बढिरहेको उनले बताएका छन् । ‘छोटो समयमा जुनसुकै क्षेत्रमा रहेर पनि हाम्रो समुदायले जुन उपलव्धी हासिल गरेको छ, त्यो आफैंमा एक मानकको रूपमा उभिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

उनले अगाडि भनेका छन्, ‘विधायकका लागि उम्मेदवारी दिइरहेको बेला अमेरिकाकै सबैभन्दा पुरानो स्टेट क्यापिटल हलमा जारी ४४४ औं संसदीय सत्रमा म मेरो पहिलो कार्यकालको अन्तिम सत्रमा विधायिकी कार्यहरू सम्पन्न गरिरहेको छु। जहाँबाट जेफरसन र वासिङट्नले आजको विशाल अमेरिका बनाउन देखेका सपनाहरूमा हामी र हाम्रा सन्ततिका सपनाहरू तरङ्गित भैरहेको अनुभव हुन्छ। त्यसबाट हासिल भएका अनुभव र आत्मबल हाम्रा समुदायका सार्वजनिक पूँजी हुन्।

अहिले अमेरिकाभरि नै हाम्रो समुदायका होनहारहरू केही सार्वजनिक पदमा रहेर र केही त्यसका लागि प्रयासरत रहेर नेपाली समुदायको सामाजिक आर्थिक स्थिति मजबुत बनाइरहनुभएको छ। म उहाँहरू सबैको सफलता र प्रयासको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु। र, सहकार्यका लागि सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गर्दछु।’

आफ्नो उम्मेदवारी अहिलेका लागि डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेदवारी जित्ने आकांक्षाको लागि भएको उनको भनाइ छ । जुन २८ मा हुने डेमोक्रेटिक प्राइमरीमा विजयी भएपछि मात्र नोभेम्बर ८ मा हुने चुनावका लागि डेमोक्रेटिक उम्मेदवार हुने आफ्नो ढोका खुल्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका