Tuesday, May 20, 2025
Homeअन्तराष्ट्रियअफिसबाट १ मिनेट चाँडै निस्किँदा जागिर चट् !

अफिसबाट १ मिनेट चाँडै निस्किँदा जागिर चट् !

काठमाडौं । चीनको ग्वाङ्झाउ शहरमा कार्यरत वाङ नामकी एक महिलालाई कार्यालय समय सकिनुभन्दा एक मिनेट अघि बाहिरिएको आरोपमा जागिरबाट हटाइएको छ। उनले एक महिनाको अवधिमा जम्मा ६ पटक मात्र निर्धारित समयभन्दा एक मिनेट चाँडो कार्यालय छोडेकी थिइन्। तर अब अदालतले कम्पनीको निर्णयलाई ‘गैरकानूनी’ ठहर गरेको छ।

वाङले सो कम्पनीमा तीन वर्षसम्म काम गरेकी थिइन् र उनको कामको मूल्याङ्कन सधैं उत्कृष्ट रहेको बताइएको छ। तर कार्यालयको निगरानी क्यामेराको फुटेजको आधारमा कम्पनीले उनीलाई एकतर्फी रूपमा बर्खास्त गरेको थियो।

अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ, “केवल एक मिनेट चाँडो कार्यालय छोड्नु चाँडै निस्किएको मानिँदैन। कम्पनीले न त कर्मचारीलाई कुनै चेतावनी दियो, न त सुधारको अवसर प्रदान गर्‍यो। त्यसैले बर्खास्तगी प्रक्रिया गैरकानूनी हो।”

अदालतले कम्पनीलाई वाङलाई उचित क्षतिपूर्ति दिन आदेश दिएको छ, यद्यपि क्षतिपूर्तिको रकम भने खुलाइएको छैन।

यसअघि, नोभेम्बर २०२४ मा एक कर्मचारीलाई कार्यस्थलमा सुतिरहेको आरोपमा हटाइएको थियो, तर अदालतले निर्णय उल्ट्याउँदै उनलाई ४१ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको थियो। यस्तै, मार्च २०२५ मा बेइजिङस्थित एक कानुनी फर्मलाई कर्मचारीहरूलाई अत्यधिक ओभरटाइम गराएको आरोपमा जरिवाना गरिएको थियो, जसले सामाजिक सञ्जालमा निकै प्रशंसा बटुलेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका