Saturday, May 2, 2026
Homeमनोरन्जनअनुप विक्रम शाही र मिलन चाम्स पुनः सहकार्यमा, प्रेमकथात्मक चलचित्र ‘सुम्निमा’मा अनुबन्धित

अनुप विक्रम शाही र मिलन चाम्स पुनः सहकार्यमा, प्रेमकथात्मक चलचित्र ‘सुम्निमा’मा अनुबन्धित

काठमाडौं, साउन ७ — अभिनेता अनुप विक्रम शाही निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मा अनुबन्धित भएका छन्। यो चलचित्रमार्फत शाही र चाम्सबीचको चौथोपटक सहकार्य हुन लागेको हो।

यसअघि यी दुईले ‘हँसिया’, ‘वीर विक्रम’ र ‘लिली बिली’ जस्ता चलचित्रमा सहकार्य गरिसकेका थिए। ‘लिली बिली’ पछि करिब सात वर्षपछि पुनः एउटै पर्दामा देखिन लागेका अनुपले ‘सुम्निमा’ मा आफूले अघिसम्म नगरेको खालको नयाँ र चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने जानकारी दिएका छन्। हाल उनी उक्त भूमिकाको तयारीमा जुटिरहेका छन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सहनिर्माणमा बन्ने यो चलचित्र ‘नारीप्रधान शीर्षक’ भए पनि मूलतः एक गहिरो प्रेमकथा हुने निर्देशक चाम्सले बताएका छन्। चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरी र कुन्साङ बमजन पहिल्यै अनुबन्धित भइसकेका छन् भने अन्य कलाकार र प्राविधिक टोलीको छनोट प्रक्रिया जारी छ।

राजीव थापाको लेखनमा निर्माण हुने ‘सुम्निमा’ को छायांकन आगामी अगस्ट महिनामा लन्डन र नेपालमा हुने जनाइएको छ।

यसअघि निर्देशक चाम्सको निर्देशनमा बनेको बायोपिक चलचित्र ‘अञ्जिला’ ले बक्स अफिसमा कीर्तिमानी सफलता हासिल गर्दै नेपाली बायोपिक विधामा सर्वाधिक कमाइ गर्ने चलचित्रको रूपमा कीर्तिमान राखेको थियो। ‘सुम्निमा’ पनि अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरेर निर्माण गरिने निर्देशक चाम्सले स्पष्ट पारेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका