Sunday, June 28, 2026
Homeराजनीतिअदालतको आदेशलाई सम्मान छ : रवि

अदालतको आदेशलाई सम्मान छ : रवि

बुटवल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अदालतको आदेशपछि कारागार चलान हुँदै आफूलाई न्यायालयप्रति सम्मान रहेको प्रतिक्रिया दिएका छन्।

सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रूपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। तर सो आदेशलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उल्टाउँदै उनलाई थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई पक्राउ गरी पूर्पक्षका लागि कारागार पठाइएको हो।

पक्राउपछि सञ्चारकर्मीले ‘अदालतको आदेशमा केही भन्नु छ?’ भनेर सोधेको प्रश्नमा लामिछानेले छोटो जवाफमा भने, “केही भन्नु छैन, सम्मान छ।”

जिल्ला अदालतको आदेशप्रति असहमति जनाउँदै सरकारी वकिल कार्यालय र लामिछाने दुवैले उच्च अदालतमा पुनरावेदन दिएका थिए। उच्च अदालतको आदेशपछि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराई पूर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको रूपन्देही प्रहरीले जनाएको छ।

उनी बुटवलको सुप्रिम सहकारी प्रकरणसँग सम्बन्धित मुद्दामा शुक्रबार राति बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए।

चैत २३ गते बिहान ९:१२ बजे यति एअरलाइन्सको विमानमार्फत उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल झारिएको थियो र त्यसपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका