Saturday, April 19, 2025
Homeअपराध र घटनाअख्तियार अनुसन्धान आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर

अख्तियार अनुसन्धान आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर

काठमाडौँ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध विशेष अदालतमा बिहीबार मुद्दा दायर गरिएको छ।

मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको छानबिनका क्रममा आयोगको कञ्चनपुरस्थित कार्यालयमा सापकोटाले अनुसन्धान अधिकृतको कार्यकक्षमा कागजातसहितको खाम बुझाउँदा एक लाख रुपैयाँ घुस फेला परेको थियो। अनुसन्धान अधिकृतले सोधपुछ गर्दा सापकोटाले मुद्दा मिलाइदिन स्वेच्छाले रकम ल्याएको बयान दिएका थिए।

आयोगले सापकोटाविरूद्ध एक लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका