Sunday, April 19, 2026
Homeप्रवासअमेरिकावरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अमेरिकामा सम्मान

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अमेरिकामा सम्मान

अमेरिकाको मेरिल्यान्ड राज्यको विधान सभाले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । मेरिल्यान्ड राज्यको विधानसभाको तर्फबाट सांसद ह्यारी भण्डारीले उक्त सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

श्रेष्ठले नेपाल र विश्वभर छरिएर रहेका सबै नेपालीहरूलाई कलाकारिताको माध्यमबाट जनचेतना फैलाउन, सरकार तथा जिम्मेवार निकायलाई जनताको हित र पक्षका कुराहरू पुर्‍याउन अतुलनीय भूमिका निर्वाह गरेकोमा उनलाई सम्मान गरिएको भण्डारीले बताए ।

उनलाई कलात्मक उत्कृष्टता र उपलब्धि मार्फत विश्वव्यापी नेपाली डायस्पोरालाई अनुकरणीय सेवा पुर्‍याएको मान्यतामा सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख गरिएको छ ।

सम्मानपछि श्रेष्ठले कुनै दिन इतिहासमा अमेरिकाकै राष्ट्रपति पनि नेपाली मूलको हुन् सकोस् भन्दै भण्डारीलाई प्रगति र उन्नतिको शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका