Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियमादक पदार्थ सेवन गरी विमान उडाउने पाइलट बर्खास्त

मादक पदार्थ सेवन गरी विमान उडाउने पाइलट बर्खास्त

काठमाडौं । एयर इन्डियाले मादक पदार्थ सेवन गरेर विमान उडाउने आफ्ना पाइलटलाई सेवाबाट बर्खास्त गरेको छ । अभियुक्त पाइलटले उडाएको विमान अवतरणपछि चालक दलका सदस्यको ब्रेथ एनालाइजर परीक्षण गरिएको थियो । टाटा समूहको एयरलाइन्सले फुकेटबाट दिल्ली आउने विमान उडाएका ती क्याप्टेनविरुद्ध एफआईआर दर्ता गर्न सक्छ।

यस विषयमा एयर इन्डियाको तर्फबाट कुनै बयान आएको छैन । मदिराको नशामा उडान भर्नु अपराधिक कार्य हो । एउटा अंग्रेजी अखबारका अनुसार नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले भन्यो, ‘हामीले यी कुराहरू सहने छैनौं र धेरै कडा कारबाही गरेका छौं, उनीहरूको सेवा बन्द गर्ने मात्र होइन एफआईआर दर्ता गर्ने योजना पनि बनाएका छौं।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका