Wednesday, July 1, 2026
Homeअर्थ र ब्यापारपेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ कटौती, खाना पकाउने ग्यास पनि १००...

पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ कटौती, खाना पकाउने ग्यास पनि १०० रुपैयाँ सस्तो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ। निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा ३० रुपैयाँका दरले मूल्य कटौती गरिएको छ। यससँगै अब पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १९५ रुपैयाँमा उपलब्ध हुनेछ।

त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले सस्तो बनाइएको निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ। अब १४.२ किलोग्रामको ग्यास सिलिन्डर २,०६० रुपैयाँ७.१ किलोग्रामको सिलिन्डर १,०३० रुपैयाँमा उपलब्ध हुनेछ।

निगमका अनुसार नयाँ मूल्यसूची बुधबारदेखि देशभर लागू भएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका