Sunday, April 19, 2026
Homeप्रवासअमेरिकानेटफ्लिक्सको सिरिजमा नेपाली मूलका सौरियन सापकोटा

नेटफ्लिक्सको सिरिजमा नेपाली मूलका सौरियन सापकोटा

अमेरिकन चलचित्र निर्देशक माइक फ्लानागनको निर्देशनमा बन्ने आगामी नेटफ्लिक्ससिरिजमा नेपाली मूलका सौरियन सापकोटाको पनि अभिनय रहने भएको छ ।​ नेटफ्लिक्सले द फल अफ दि हाउस असर नामक चलचित्र  माइक फ्लानागनको निर्देशनमा बनाउने घोषणा गरेको छ । उक्त परियोजना गत अक्टोबर मै पहिलो पटक घोषणा गरिएको थियो । उक्त नयाँ अमेरिकी धारावाहिक चलचित्रका १५ जना अभिनेताहरूमा सापकोटा पनि परेका हुन् ।

यता सापकोटाका पिता डा सञ्जीव सापकोटाले आफ्नो छोराले एडगर एलान पोले लेखेको कथामा आधारित फल अफ द हाउस असरमा अभिनय गर्न पाएकोमा सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।​ सौरियनले अभियान गरेको पहिलो धारावाहिक द मिडनाइट क्लब हो भने उक्त धारावाहिक चलचित्र आगामी २०२२  मा प्रदर्शन हुने पनि सापकोटाले बताए । सौरियन सापकोटाको जन्म स्विटजरल्याण्डको जेनेभामा भएको हो भने जुन बेला उनका पिता डा सापकोटा जेनेभा स्थित विश्व स्वास्थ्य संघको मुख्यालयमा कार्यरत थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका