Tuesday, May 26, 2026
Homeसामाचारनासाले फेला पार्‍यो मंगल ग्रहमा जैविक अणु

नासाले फेला पार्‍यो मंगल ग्रहमा जैविक अणु

अमेरिकी अन्तरीक्ष संस्था नासाको क्युरोसिटी रोभरले मंगल ग्रहमा हालसम्म अज्ञात रहेका जैविक अणुहरु पत्ता लगाएको छ ।

मंगल ग्रहमा एमोनिया र बेन्जोइक एसिड जस्ता अर्गानिक अणुहरु फेला पर्नुलाई त्यहाँ परापूर्व कालमा जिवहरु रहेको संकेतको रुपमा लिइएको छ ।

सन् २०१७ मा नासाले क्युरोसिटी रोभरमा नयाँ प्रविधिको प्रयोग गरेसँगै संकलित नमूनाको परीक्षणका क्रममा जैविक अणुहरु फेला परेका हुन् । त्यतिबेला उक्त रोभरले ड्रिल गर्न छाडेसँगै नासाले रोभरमा रासायनिक मिश्रणले भरिएका कपहरु राखेर मंगल ग्रहका धुलोहरु जम्मा गर्न थालेको थियो ।

त्यसरी संकलित धुलोहरुमा बेन्जोइक एसिड र अमोनिया पाइएको हो जुन प्राकृतिक रुपमा वनस्पती र जनावरहरुमा पाइन्छ ।

ती अणुहरु विगत र वर्तमानमा जिवहरु रहेको भन्ने कुराको ठ्याक्कै जैविक सूचक नरहेतापनि अन्य जैविक सूचक रहेको कुराको भने प्रष्ट संकेतको रुपमा रहेका नासाका शोधकर्ताको भनाई छ ।

मंगल ग्रहमा जैविक अणुहरुको खोजी गर्नुको उद्धेश्य ग्रहको विगतको बसोबास योग्यताका विषयमा बुझ्नु र जैविक सूचक हरु पत्ता लगाउनु रहेको नासाका शोधकर्ता बताउँछन् ।

मंगल ग्रहको मौसम तथा भूगर्भका बारेमा अनुसन्धान गर्नका लागि मंगलको गेल क्रेटरमा जिवनको सम्भावना छ कि भन्ने कुरा पत्ता लगाउनका लागि सन् २०१२ को अगष्ट ६ मा क्युरोसिटी रोभर मंगल ग्रहमा अवतरण गरेको थियो ।

नासाले सन् २०११ को नोभेम्बर २६ मा क्युरोसिटी रोभर प्रक्षेपण गरेको थियो । ८ सय ९९ केजी तौलको उक्त रोभर प्लुटोनियम इन्धको श्रोतबाट चल्ने गर्दथ्यो । त्यसको पाँच वर्षसम्म क्युरोसिटीले लगातार उल्लेखित क्षेत्रहरुमा ड्रिल गरेर नमूना संकलन गरेको थियो ।

स्मरण रहोस् मंगल ग्रहमा जिवनको सम्भावनाको खोजी गर्नका लागि नासाले सन् २०२० मा पर्सभेरेन्स नामक अर्को रोभर मंगल ग्रहमा पठाइसकेको छ । त्यस्तै युरोपेली अन्तरीक्ष एजेन्सीले सन् २०२२ मा फ्रांकलिन मार्स रोभर मंगल ग्रहमा पठाउने योजना बनाएको छ । एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका