काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज विभिन्न तरकारी तथा फलफूलको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
आजको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ३५ रुपैयाँ र सानो (लोकल) गोलभेँडा ८ रुपैयाँ कायम गरिएको छ। रातो (लाम्चो) आलु प्रतिकिलो ३५ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ तथा भारतीय सुकेको प्याज ५२ रुपैयाँमा कारोबार भइरहेको छ।
तरकारीतर्फ लोकल गाँजर प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, रातो मूला २५ रुपैयाँ, लाम्चो भन्टा १० रुपैयाँ र डल्लो भन्टा २५ रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, मटरकोसा १२० रुपैयाँ, लोकल घिउ सिमी ५५ रुपैयाँ, हाइब्रिड घिउ सिमी ५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, तीते करेला २० रुपैयाँ, लौका ३० रुपैयाँ, लोकल परवर २५ रुपैयाँ र घिरौला ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
फर्सीतर्फ पाकेको फर्सी ५० रुपैयाँ, हरियो लाम्चो फर्सी ४० रुपैयाँ, डल्लो हरियो फर्सी १५ रुपैयाँ, भिण्डी २० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिँडालु ९० रुपैयाँ र स्कुस ४० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।
हरियो सागसब्जीमा रायोको साग ३० रुपैयाँ, पालुङ्गो ५० रुपैयाँ, चमसुरको साग ५० रुपैयाँ, कन्ये च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरीलो २५० रुपैयाँ र न्युरो ९० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो २८० रुपैयाँ, नेपाली केरा २०० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ४२० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन १८० रुपैयाँ, मालदह आँप ९० रुपैयाँ, दसहरी आँप १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, लोकल काँक्रो ६० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, लोकल लिच्ची १८० रुपैयाँ र भारतीय लिच्ची २८० रुपैयाँ कायम गरिएको छ।
समितिले सार्वजनिक गरेको यो मूल्यसूची कालीमाटी बजारको न्यूनतम थोक मूल्य भएकाले खुद्रा बजारमा भने स्थान, माग र आपूर्तिअनुसार मूल्यमा फरक पर्न सक्ने जनाएको छ।


