Wednesday, June 17, 2026
Homeअर्थ र ब्यापारकालीमाटीले सार्वजनिक गर्‍यो आजको थोक मूल्यसूची, गोलभेँडा १५ रुपैयाँदेखि स्याउ २०८ रुपैयाँसम्म

कालीमाटीले सार्वजनिक गर्‍यो आजको थोक मूल्यसूची, गोलभेँडा १५ रुपैयाँदेखि स्याउ २०८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले बुधबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्यसूचीअनुसार विभिन्न तरकारी तथा फलफूलको मूल्यमा उल्लेख्य अन्तर देखिएको छ।

समितिका अनुसार ठूलो नेपाली तथा भारतीय गोलभेँडा प्रतिकिलो ६० रुपैयाँमा कारोबार भइरहेको छ भने सानो लोकल गोलभेँडा १५ रुपैयाँ र तराईको सानो गोलभेँडा २० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। रातो लाम्चो आलु प्रतिकिलो ३५ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ तथा भारतीय सुकेको प्याज ४२ रुपैयाँ प्रतिकिलो तोकिएको छ।

हरियो तरकारीतर्फ लोकल गाँजर ८० रुपैयाँ, बन्दा ५० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, सेतो मूला १५ रुपैयाँ, लाम्चो भन्टा १५ रुपैयाँ र डल्लो भन्टा २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। मटरकोसा १५० रुपैयाँ प्रतिकिलो रहेको छ भने घिउ सिमीका विभिन्न जातको मूल्य ३० देखि ७० रुपैयाँसम्म निर्धारण गरिएको छ।

त्यसैगरी, करेला ३० रुपैयाँ, लौका ४० रुपैयाँ, घिरौला ४० रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, भिण्डी २५ रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिँडालु ९० रुपैयाँ तथा स्कुस ४० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ।

सागसब्जीमध्ये रायो साग ३० रुपैयाँ, पालुङ्गो ५० रुपैयाँ, चम्सुर ५० रुपैयाँ र मेथीको साग ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। च्याउतर्फ कन्ये च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ तथा सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

फलफूलतर्फ झोले स्याउ प्रतिकिलो २०० रुपैयाँ र फुजी स्याउ २०८ रुपैयाँ प्रतिकिलो रहेको छ। कागती १८० रुपैयाँ, अनार ४०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १८० रुपैयाँ तथा मालभोग केरा प्रतिदर्जन २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, हरियो तरबुजा ४० रुपैयाँ प्रतिकिलो, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, स्थानीय काँक्रो ८० रुपैयाँ, हाइब्रिड काँक्रो १५ रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, नेपाली मेवा ८० रुपैयाँ तथा भारतीय मेवा ९० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। स्थानीय लिच्ची ९० रुपैयाँ र भारतीय लिच्ची २५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको समितिले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका