Saturday, September 19, 2026
Homeअर्थ र ब्यापारआजको विनिमयदर: अमेरिकी डलर १५१ रुपैयाँ, युरो १७५ रुपैयाँभन्दा माथि

आजको विनिमयदर: अमेरिकी डलर १५१ रुपैयाँ, युरो १७५ रुपैयाँभन्दा माथि

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ। त्यसैगरी, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४९ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ०९ पैसा तथा बिक्रीदर १९० रुपैयाँ ८५ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८० पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २९ पैसा कायम गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा तोकिएको छ।

खाडी मुलुकका मुद्रातर्फ साउदी रियाल एकको खरिददर ४० रुपैयाँ २४ पैसा र बिक्रीदर ४० रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१ रुपैयाँ २८ पैसा कायम गरिएको छ।

त्यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका