Sunday, June 21, 2026
Homeअर्थ र ब्यापारआजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ २२ पैसा

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ २२ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २०० रुपैयाँ १३ पैसा तथा स्वीस फ्रयाङ्कको खरिददर १८६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा कायम भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा तोकिएको छ भने क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा रहेको छ। सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० एकाइको खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। त्यसैगरी, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा रहेको छ।

मध्यपूर्वी मुद्रातर्फ साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ। कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा तथा युएई दिरामको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा कायम भएको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका