Saturday, September 19, 2026
Homeखेलकुदअस्ट्रियामाथि ३–० को सहज जित, स्पेन १६ वर्षपछि विश्वकपको नकआउट चरणमा विजयी

अस्ट्रियामाथि ३–० को सहज जित, स्पेन १६ वर्षपछि विश्वकपको नकआउट चरणमा विजयी

काठमाडौं । स्पेनले अस्ट्रियालाई ३–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा शुक्रबार बिहान भएको राउन्ड अफ ३२ को खेलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो।

यस जितसँगै स्पेनले १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको छ। सन् २०१० मा विश्वकप उपाधि जितेपछि स्पेनले नकआउट चरणमा जित निकाल्न सकेको थिएन।

स्पेनका लागि खेलको ३६औँ मिनेटमा मार्क कुकुरेलाको पासमा मिकेल ओयार्जाबालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६६औँ मिनेटमा अलेक्स बाएनाको क्रसमा पेड्रो पोरोले हेडमार्फत गोल गर्दै स्पेनको अग्रता २–० बनाए।

खेलको ८९औँ मिनेटमा पुनः मार्क कुकुरेलाकै उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले ३–० को प्रभावशाली जित दर्ता गर्‍यो।

यस जितसँगै स्पेन विश्वकपको अन्तिम १६ मा पुगेको छ भने अस्ट्रियाको यात्रा राउन्ड अफ ३२ मै समाप्त भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका