काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ८५५ रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ र चाँदी तीन हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।