आज देशभर मौसम मुख्यतया सफा रहने, बिहान तराई र उपत्यकामा हुस्सु लाग्ने

आज देशभर मौसम मुख्यतया सफा रहने, बिहान तराई र उपत्यकामा हुस्सु लाग्ने

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (मंगलबार) देशभर मौसम मुख्यतया सफा रहनेछ ।

आज राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!