Saturday, September 19, 2026
Homeसामाचार२४ घण्टामा १ हजार २१३ चालक कारबाहीमा

२४ घण्टामा १ हजार २१३ चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा १ हजार २१३ जना सवारी चालकलाई कारबाही गरेको छ।

मंगलबार बिहानसम्म ट्राफिक प्रहरीले सञ्चालन गरेको सवारी जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ११८ जना चालक कारबाहीमा परेका छन्। यस्तै, सीसीटीभी निगरानीमार्फत ७३ जनारातोबत्ती उल्लंघन गर्ने ८२ जना चालकलाई कारबाही गरिएको छ।

त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १५४ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ४० जना, लेन क्रस गर्ने ६४ जना, सवारीको अवस्था ठीक नभएका ३९ जना, एकतर्फी सडकमा नियम उल्लंघन गर्ने १५ जना तथा अन्य कसुरमा १५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी नियमको पालना गर्न तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन चालकलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका