Monday, September 7, 2026
Homeअर्थ र ब्यापारबेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, ८ लाख ६३ हजार कित्ता बिक्रीमा

बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, ८ लाख ६३ हजार कित्ता बिक्रीमा

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई २०८२ माघ २९ गते कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको थियो। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४ हजार कित्ता सेयर छुट्याई त्यसको बाँडफाँटसमेत सम्पन्न भइसकेको छ।

यस्तै, कर्मचारीका लागि २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषका लागि ५२ हजार कित्ता सेयर छुट्याइएको छ। यी सबै समूहमा सेयर छुट्याएपछि बाँकी ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अवधि छिटोमा भदौ २५ गतेसम्म र पर्याप्त आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म कायम रहनेछ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन दिन सकिनेछ। साथै, मेरोसेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

आईपीओको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई इक्रा नेपालले ‘इक्रा आईआर डबल बी प्लस’ रेटिङ दिएको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका