काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको विनिमयदर १५२ रुपैयाँ नाघेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८९ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४७ पैसा तथा बिक्रीदर २०२ रुपैयाँ २७ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०५ रुपैयाँ २० पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा कायम गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ २९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा रहेको छ।
मध्यपूर्वी मुद्रातर्फ, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।
यसैगरी, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा तथा दक्षिण कोरियाली वन १०० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।


