काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको निर्वाचनमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन्।
सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार वाग्लेले २ हजार ६५६ मत प्राप्त गरेका छन्। यो मत संख्या केन्द्रीय सदस्य पदका उम्मेदवारहरूमध्ये सबैभन्दा बढी हो।
पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासअन्तर्गत सम्पन्न निर्वाचनमा वाग्लेले सुरुदेखि नै अग्रता कायम राखेका थिए। अन्तिम परिणाम सार्वजनिक हुँदा उनी सर्वाधिक मतसहित विजयी बनेका हुन्।
वाग्लेलाई रास्वपाको प्रवास समितिबाट समेत बलियो समर्थन प्राप्त भएको बताइएको छ। निर्वाचन परिणामसँगै पार्टीभित्र उनको लोकप्रियता र प्रभाव थप पुष्टि भएको विश्लेषण गरिएको छ।


