Saturday, September 19, 2026
Homeराजनीतिविष्णु पौडेल पक्राउ प्रकरणपछि एमाले संसदीय दलको बैठक, ओलीले दिए राजनीतिक ‘ब्रिफिङ’

विष्णु पौडेल पक्राउ प्रकरणपछि एमाले संसदीय दलको बैठक, ओलीले दिए राजनीतिक ‘ब्रिफिङ’

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि उत्पन्न राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्था, सरकारको पछिल्लो कदम तथा पार्टीको धारणा सम्बन्धमा सांसदहरूलाई विस्तृत जानकारी गराइरहेका छन्।

सोमबार सुर्खेतबाट उपाध्यक्ष पौडेल पक्राउ परेपछि बसेको यो बैठकलाई एमालेभित्र निकै महत्वका साथ हेरिएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारप्रतिको पार्टीको दृष्टिकोण तथा आगामी कदमबारे छलफल भइरहेको जनाइएको छ।

संसदीय दलको बैठकपछि अध्यक्ष ओलीले थप रणनीति तय गर्न आज साँझ ६ बजे आफ्नै निवास गुण्डुमा पार्टी सचिवालय बैठक पनि बोलाएका छन्।

एमाले स्रोतका अनुसार सचिवालय बैठकमा पौडेल पक्राउ प्रकरण, समसामयिक राजनीतिक अवस्था र पार्टीको भावी रणनीतिबारे विस्तृत समीक्षा हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका