Monday, June 22, 2026
Homeखेलकुदउरुग्वेलाई केप भर्डेको चुनौती, रोमाञ्चक खेल २–२ को बराबरीमा सकियो

उरुग्वेलाई केप भर्डेको चुनौती, रोमाञ्चक खेल २–२ को बराबरीमा सकियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सम्पन्न खेलमा केप भर्डेले बलियो प्रदर्शन गर्दै दक्षिण अमेरिकी शक्तिशाली टोली उरुग्वेलाई बराबरीमा रोक्न सफल भएको हो। यसअघि पनि केप भर्डेले स्पेनसँग बराबरी खेलेर प्रभावशाली प्रदर्शन गरेको थियो।

खेलको २१औँ मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै केप भर्डेलाई अग्रता दिलाएका थिए। तर, ४४औँ मिनेटमा म्याक्सी अराजोले गोल गर्दै उरुग्वेलाई खेलमा फर्काए।

पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले गोल गरेपछि उरुग्वे २–१ ले अघि बढेको थियो।

तर दोस्रो हाफमा केप भर्डेले पुनरागमन गर्‍यो। खेलको ६१औँ मिनेटमा हेलियो भारेलाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।

बाँकी समयमा दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल निस्कन नसक्दा अंक बाँड्न बाध्य भए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका