Sunday, June 21, 2026
Homeखेलकुदस्विडेनमाथि नेदरल्यान्ड्सको गोल वर्षा, ५–१ को जितसहित समूहको शीर्षस्थानमा

स्विडेनमाथि नेदरल्यान्ड्सको गोल वर्षा, ५–१ को जितसहित समूहको शीर्षस्थानमा

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले स्विडेनमाथि प्रभावशाली जित दर्ता गरेको छ। ह्युस्टन स्टेडियममा सम्पन्न खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको हो।

नेदरल्यान्ड्सको जितमा कोडी गाक्पो र ब्रायन ब्रोबेयले समान दुई–दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल थपे।

खेलको पाँचौँ मिनेटमै ब्रोबेयले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि १७औँ मिनेटमा डेन्जेल डम्फ्रिसको क्रसको सदुपयोग गर्दै उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरे।

दोस्रो हाफ सुरु भएको दुई मिनेटमै गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ३–० बनाए। ५४औँ मिनेटमा उनले अर्को गोल थप्दै स्कोर ४–० पुर्‍याए।

स्विडेनका लागि ५९औँ मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी एलाङ्गाले एक गोल फर्काए पनि त्यो पर्याप्त हुन सकेन। खेलको अन्त्यतिर समरभिलले गोल थपेपछि नेदरल्यान्ड्सले ५–१ को फराकिलो जित सुनिश्चित गर्‍यो।

यस जितसँगै नेदरल्यान्ड्सले दुई खेलबाट चार अंक जोड्दै समूह ‘एफ’ को शीर्ष स्थान कब्जा गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका