Thursday, June 18, 2026
Homeखेलकुदकेनको दुई गोलमा इङ्गल्यान्डको विजयी सुरुवात, क्रोएसियामाथि ४–२ को शानदार जित

केनको दुई गोलमा इङ्गल्यान्डको विजयी सुरुवात, क्रोएसियामाथि ४–२ को शानदार जित

काठमाडौं । कप्तान ह्यारी केनको प्रेरणादायी प्रदर्शनमा इङ्गल्यान्डले फिफा विश्वकपको आफ्नो पहिलो खेलमा शानदार जित दर्ता गरेको छ।

राति सम्पन्न खेलमा केनले दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। यस्तै जुड बेलिङ्घम र मार्कस रासफोर्डले एक–एक गोल थपेपछि इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्‍यो।

यस जितसँगै इङ्गल्यान्डले लगातार तेस्रो विश्वकपमा विजयी सुरुवात गर्ने उपलब्धि हासिल गरेको छ। टोलीले आक्रामक खेल प्रदर्शन गर्दै सुरुदेखि नै खेलमा दबाब कायम राखेको थियो।

पराजित क्रोएसियाका लागि मार्टिन बातुरिना र पेटार मुसाले एक–एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

विश्वकप अभियानको पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरेको इङ्गल्यान्डले उपाधि दाबेदारीलाई थप बलियो बनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका