Saturday, April 18, 2026
Homeअन्तराष्ट्रिय‘बेलायतमा काला वर्णका कलाकारले काम नै पाउँदैनन्’

‘बेलायतमा काला वर्णका कलाकारले काम नै पाउँदैनन्’

लन्डन : ब्रिटिस अभिनेत्री नाताली इमानुयलले बेलायती चलचित्र उद्योगमा रंगका आधारमा भेदभाव हुने गरेको दाबी गरेकी छन्।

चर्चित अमेरिकन सिरिज ‘गेम अफ थ्रोन्स’ र ‘फास्ट एन्ड फ्युरियस’मा अभिनय गरिसकेकी इमानुयलले बेलायतमा काला वर्णका कलाकारहरूले मौका नपाउने भएकाले अमेरिका पलायन हुन बाध्य भएको बताएकी हुन्। बेलायतका काला वर्णका मानिसहरूले पाएका दुःख र गर्नु परेको संघर्षका बारेमा बोल्दा निकै भावुक बनेकी इमानुयलको आँखामा आँसु छचल्किएको थियो।

‘बेलायती फिल्म उद्योगले हामीलाई खुसीले कहिले पनि अँगालेन। मजस्ता कयौं कालो वर्णका कलाकारहरू अमेरिका पलायन भएका छन्। किनभने बेलायतमा हामीलाई कुनै अवसर नै दिइँदैन’, उनले भनेकी छन्, ‘जसले गर्दा कयौं प्रतिभाशाली कलाकारहरू समयसँगै कतै हराए अत्तोपत्तो छैन।’

३२ वर्षीया अभिनेत्री इमानुयलले बेलायतमा अवसर पाएको भए आफू देश छोडेर अमेरिका पलायन नहुने पनि बताएकी छन्। उनले अहिले आफू अमेरिकाको फिल्म उद्योगमा रमाइरहेको र अमेरिकी चलचित्र उद्योगले पनि फरकफरक पृष्ठभूमिका मानिसहरूलाई मौका दिइरहेको उल्लेख गरेकी छन्। उनले आफ्नो देश छोडेर अमेरिका बस्ने निर्णयप्रति अहिले गर्व महसुुस गरिरहेको बताएकी छिन्।

‘अमेरिकामा धेरै देशका मानिस अटाएका छन्। उनीहरूले आफ्नो क्षमता र योग्यताअनुसार काम पनि पाइरहेका छन्’, उनले भनेकी छन्, ‘तर यहाँ पनि केही परिवर्तन भने गर्नु पर्नेछ। हामी त्यो मुद्दालाई उठाई पनि रहेका छौं।’ इमानुएलले गत महिना पनि हलिउडमा देखाइँदै आएको नग्नताका विषयमा पनि वकालत गरेकी थिइन्। जसलाई लिएर अहिले पनि विभिन्न बहसहरू भइरहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका