Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियपोर्चुगलको लिस्बनमा रेल दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु

पोर्चुगलको लिस्बनमा रेल दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु

काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिकुलर रेलको एक डिब्बा पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। यो जानकारी पोर्चुगलको आपतकालीन सेवाले जनाएको छ।

दुर्घटना बुधबार साँझ करिब ६ बजे (स्थानीय समय) भएको हो। आपतकालीन चिकित्सा सेवा प्राधिकरणका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ भने बाँकी १३ जनाले सामान्य चोटपटक मात्र पाएका छन्। घाइतेमध्ये एक बच्चा पनि छन्।

घटनापछि केही मानिस फसेको प्रारम्भिक जानकारी आएको थियो, तर अधिकारीहरूले सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको पुष्टि गरेका छन्।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। लिस्बनका मेयर कार्लोस मोइडेसले राजधानीका लागि यो “दुःखद क्षण” भएको बताए।

आपतकालीन सेवाका अनुसार मृतकमध्ये विदेशी नागरिक पनि थिए, तर उनीहरू कुन देशका हुन् भन्ने खुलाइएको छैन।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका