Wednesday, June 24, 2026
Homeस्वास्थ्य र जीवनशैलीत्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

काठमाडौँ: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले आजदेखि स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन गरेको छ। अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको यो सेवा चार महिनापछि पुनः सुरू गरिएको हो।

स्वास्थ्य बिमा कार्यक्रम गत भदौ १२ गतेदेखि स्थगन गरिएको थियो। आजदेखि सेवा पुनःसञ्चालन गरिएको अस्पतालकी प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिनुभएको छ।

अस्पतालले जारी गरेको सूचनामा सम्पूर्ण विभाग, वार्ड, शाखा, ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा भर्ना गरिएका बिरामीले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सुविधा पाउने उल्लेख गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका