Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियअमेरिकाका विदेशमन्त्रीमाथि भड्कियो चीन, विमान दुर्घटनाबारे पनि कुरा

अमेरिकाका विदेशमन्त्रीमाथि भड्कियो चीन, विमान दुर्घटनाबारे पनि कुरा

चीनले अमेरिकाका विदेश मन्त्री एन्टनी ब्लिङ्कनको चीनबारे ताजा बयानमा कडा आपत्ति जताउँदै उनीहरुले चीनबारे झुटो फैलाइरहेको आरोप लगाएको छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिंगले अमेरिकालाई संवेदनहीनको उपमा दिएकी छिन् । उनले ट्वीटरमा भनिन्, ‘चीनका जनता यात्रु विमान दुर्घटनाबाट आहत भइरहेका बेला अमेरिकी विदेशमन्त्रीले चीनमा ‘नरसंहार’ बारे झुटो फैलाइरहेका छन् । यो कति संवेदनहीन हो ।’

अमेरिकाका विदेशमन्त्रीले होलोकास्ट म्युजियमको आठौँ वर्षगाँठमा सोमबार होलोकास्टपछि अमेरिकाले सात पटक नरसंहार गरिएको छ भनेर निष्कर्ष निकालेको बताएका छन् । यसै क्रममा उनले बर्मामा रोहिङ्ग्याविरुद्ध नरसंहारको कुरा गरे र चीनबारे पनि उल्लेख गरे । चीनबारे कुरा गर्दै ब्लिङ्कनले भने, ‘मानवाधिकारको हनन गर्नेहरुले यसको नतिजा भोग्नुपर्नेछ । अमेरिकाले चीनभित्र र बाहिर असन्तुष्ट र मानवाधिकारको रक्षा गर्नेहरुको दमनको कोसिसका लागि चीनका थुप्रै अधिकारीमाथि भिसामाथि प्रतिबन्ध लगाएको छ ।’

ब्लिङ्कनको यो टिप्पणीले रिसाएकी चीनको विदेश मन्त्रालयकी प्रवक्ताले भनिन्, ‘एक नजर दिउँ त अमेरिकाले के गरेको छ र उनीहरुले के के गरिरहेका छन् । मूल अमेरिकीविरुद्ध नरसंहार, जातीय भेदभाव र बन्दुकसँग जोडिएको हिंसा । यसबाहेक इराकी र अफगानिस्तानविरुद्ध क्रुरता ।’

हुआ चिनयिङले आफूलाई मानवाधिकारको रक्षक ठान्ने अमेरिकी अधिकारी आफ्नो कल्पनाको दुनियाँबाट जागा हुनुपर्ने बताएकी छिन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका