युक्रेनमा चलिरहेको संकटबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङबीच शुक्रबार फोनवार्ता हुनेछ ।
समाचार एजेन्सी एएफपीका अनुसार बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई अहिलेसम्म लगाएको नयाँ प्रतिबन्धबाट चीनले रुसलाई बचाउँछ भने चीनले पनि यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनेछन् ।
नोभेम्बरमा भएको एक भिडियो समिटपछि आज पुटिन र बाइडेनबीच कुराकानी हुनेछ । युक्रेन संकटबीच रुसमाथि अमेरिका कडा छ भने चीनले रुसलाई समर्थन गरिरहेको देखिएको छ ।
यस्तोमा कुराकानीमार्फत् मतभेद सुल्झाउने पनि मौका हुनेछ ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले शी जिनपिङको धारणा के छ भनेर राष्ट्रपति बाइडेनले कुराकानीमार्फत् बुझ्ने मौका पाउने बताएकी छिन् ।
साकीका अनुसार व्यापार र अन्तरराष्ट्रिय सप्लाई चेनको मुद्दामा पनि कुराकानी हुनेछ तर युक्रेनमा रुसको हमलाको मुद्दामाथि पनि जोड दिइनेछ ।
स्मरण रहोस्, अमेरिकाले युक्रेनको सेनालाई सैन्य समर्थन त दिएकै छ, साथै रुसविरुद्ध पश्चिमी देशलाई पनि एकजुट गरेको छ । तर चीनले रुसको विरोध गर्न अस्वीकार गरेको छ र वासिङ्टनलाई यो आशंका छ कि चीनले रुसलाई आर्थिक र सैन्य मद्दत प्रदान गर्नसक्छ ।
अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले रुसको हमलाको समर्थन गरेबापत् चीनले जिम्मेवारी वहन गर्नुपर्ने कुरामा बाइडेनले स्पष्ट पार्ने बताएका छन् ।


