काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले शान्तिविरुद्धको कसुरमा मुद्दा दायर गरेको छ। निर्वाचन भाँड्ने गतिविधिमा संलग्न भएको आरोपमा उक्त मुद्दा अघि बढाइएको हो।
प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरेको थियो भने पछि हाजिरी जमानीमा रिहा गरिएको थियो। सोही कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।


