Saturday, April 11, 2026
Homeस्वास्थ्य र जीवनशैलीऔषधिको मूल्य वृद्धि प्रकरण छानबिन गर्न समिति गठन, ७ दिनभित्र प्रतिवेदन माग

औषधिको मूल्य वृद्धि प्रकरण छानबिन गर्न समिति गठन, ७ दिनभित्र प्रतिवेदन माग

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको मूल्य वृद्धि सम्बन्धी उजुरीमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार, प्रचलित कानुनअनुसार प्रक्रिया पूरा नगरी औषधिको मूल्य बढाइएको भन्ने उजुरीपछि छानबिन अघि बढाइएको हो।

मन्त्रालयको निर्णयअनुसार अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा कानून शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विषय विज्ञ कविन मलेकु सदस्य रहेका छन्।

समितिलाई औषधिको मूल्य निर्धारण प्रक्रिया, सो प्रक्रिया पालना भए/नभएको तथा कुनै अनियमितता भए त्यसमा कसको संलग्नता रहेको भन्ने विषयमा विस्तृत अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

आवश्यक परेमा समितिले अन्य विज्ञ तथा सम्बन्धित कर्मचारीलाई समेत आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका